Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको लिलामी शेयर स्थगित

निशा हुमाँगाई

सोमबार, १५ भदौ २०७७, ०६ : ३७ मा प्रकाशित

बैंक अफ काठमाण्डूको लिलामी शेयर स्थगित

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, साेमबारबाट लिलामी मार्फत बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयर स्थगित गरिएकाे छ ।

सुरूमा भाद्र ८ गतेसम्म दिन पाइने भनिएकाेमा भाद्र १० गतेसम्म निषेधाज्ञा लागू गरिएकाे हुनाले भाद्र १५ गतेसम्म पुर्याइएकाे थियाे । फेरि भाद्र १५ गतेसम्म पनि निषेधाज्ञा नै भएकाले हालका लागि लिलामी मार्फत बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयर स्थगित गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

यसैगरी, स्थिती सामान्य भए पश्चात सार्वजनिक सूचना प्रकाशन गरि बाेलपत्र खरिद तथा दाखिला गर्न थप समय राखी पुन सूचारू गरिने बैंकले जनाएकाे छ ।

बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेकाे थियाे ।

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको