Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तको आइपिओ बाँडफाँड आज, १० कित्ता पाउने कति ?

निशा हुमाँगाई

सोमबार, १५ भदौ २०७७, ०७ : ०६ मा प्रकाशित

समाज लघुवित्तको आइपिओ बाँडफाँड आज, १० कित्ता पाउने कति ?

अर्थ संसार, काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण शेयर (आइपिओ) आज (साेमबार) बाँडफाँड हुने भएको छ । उक्त आइपिओकाे प्रि अलोटमेण्ट शुक्रबार नै सम्पन्न भएकाे थियाे ।

प्रि अलोटमेण्ट गरेकाे ३ दिन पश्चात बाँडफाँड गर्नुपर्ने प्रावधान रहेकाले आज (साेमबार) बाँडफाँड गर्न लागिएकाे हाे । 

यसैगरी, निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल ले गरेको प्रि अलोटमेण्टमा ८ हजार ७० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । मागभन्दा बढी आवेदन परेकाले उनीहरूलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको हो। निष्कासनमा योग्य आवेदक ५ लाख ४७ हजार ३ सय ७० जना रहेका थिए । 

उक्त आइपिओ दिउँसो १२ बजेदेखि ३ बजेसम्म बाँडफाँड हुनेछ । शेयर बाँडफाँड बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाे कार्यालय मै गरिनेछ र त्यसको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेज मार्फत दिइनेछ ।

संस्थाले  भाद्र ४ गते बिहीबारबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८० हजार ७ सय कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे थियाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेकाे छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको