Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लिलामी शेयर भर्ने आज अन्तिम मौका !

निशा हुमाँगाई

सोमबार, १५ भदौ २०७७, १० : ४६ मा प्रकाशित

नागरिक लगानी कोषको लिलामी शेयर भर्ने आज अन्तिम मौका !

अर्थ संसार, काठमाडौं – प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे भाद्र ८ गते, साेमबारबाट लिलामी मार्फत बिक्री खुल्ला भएकाे संस्थापक समूहकाे शेयर भर्ने आज (भाद्र १५ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले कोषको ५० हजार कित्ता संस्थापक समूहकाे शेयर भाद्र ८ गतेबाट बिक्री खुल्ला गरेकाे थियाे । शेयरको न्यूनतम मूल्य प्रतिशेयर २३ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको