अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजारका प्राय सबै सूचकहरू चम्किएका छन् । बजार पनि दाेहाेराे अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक २२.३१ अंकले बढेर एक हजार ४८४.९९ मा पुगेकाे छ । नेप्से १.५३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.०५ अंकले बढेर २९८.३५ मा पुगेको छ ।
कूल १८९ वटा कम्पनीकाे ७७ लाख ६३ हजार ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड २५ लाख ८६ हजार १ सय २५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर घटेकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस