Like us!
Follow us!
Connect us!
Watch us!

१०.३० मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा ३ बैंकको लगानी

अर्थ संसार

सोमबार, १५ भदौ २०७७, २१ : १७ मा प्रकाशित

१०.३० मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा ३ बैंकको लगानी

अर्थ संसार, काठमाडौं -रिभर फल्स् पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तियकरण मार्फत लगानी जुटेको छ । 

परियोजनाको अनुमानित लागत करीब  १ अर्ब ८९ करोड ४० लाखमा बैंकहरुले ७०ः३० को ऋण : स्वपुँजी अनुपातमा  १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट  ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड र प्रभु बैंकबाट २५ करोड लगानी हुनेछ भने ३०% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

कम्पनीले यस आयोजना २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको जनाउनु भयो र सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गर्नुभयो ।

कम्पनीको तर्फबाट कार्यकारी निर्देशक  सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराउनु भयो र परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको