Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमले ल्यायाे विद्यार्थीलाई यस्तो अफर

निशा हुमाँगाई

मंगलबार, १६ भदौ २०७७, १४ : ५५ मा प्रकाशित

टेलिकमले ल्यायाे विद्यार्थीलाई यस्तो अफर

अर्थ संसार, काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले महामारीकाे समयमा आफ्ना ग्राहकहरूलाई थप सेवा पुर्याउने हिसावले विभिन्न नयाँ सुविधाहरू सञ्चालनमा ल्याउने क्रम जारी राखेकाे छ । 

हालै मात्र टेलिकमले अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सँग सम्झौता गरेको छ । उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्तर्गत मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले टेलिकमले उपलब्ध गराईरहेको न्यूनतम मुल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्नेछन् । टेलिकम र  विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते सम्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मङ्गलबारदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो । 

प्याकेजका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्ने छन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम (Zoom), माइक्रोसफ्ट टिम्स (Microsoft Teams) र गुगल मीट (Google Meet) मा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

त्यसैगरी, ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएकाे छ ।   

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको