Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट एकैदिन थप १२ जनाले गुमाए ज्यान : स्वास्थ्य मन्त्रालय

निशा हुमाँगाई

बुधबार, १७ भदौ २०७७, १६ : ३९ मा प्रकाशित

कोरोनाबाट एकैदिन थप १२ जनाले गुमाए ज्यान : स्वास्थ्य मन्त्रालय

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ जना पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जसमध्ये, ६ जना पुरूष र ६ जना महिला रहेका छन् ।

मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया र कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् भने बाराका ९७ वर्षीय, चितवनका ६५  वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरु रहेका छन् ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको