Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टको रिचार्ज गर्दा अफर नै अफर

निशा हुमाँगाई

बुधबार, १७ भदौ २०७७, १७ : ०२ मा प्रकाशित

स्मार्टको रिचार्ज गर्दा अफर नै अफर

अर्थ संसार, काठमाडौं – मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले रिचार्ज गर्दा थप सुविधा प्रदान गर्ने नयाँ अफर सञ्चालनमा ल्याएकाे छ । कम्पनीले रिचार्ज गर्दा थप डाटा, भ्वाइस तथा एसएमएस सुविधा प्रदान गर्ने अफर सञ्चालनमा ल्याएकाे हाे ।

जस अन्तर्गत स्मार्ट प्रयोगकर्ताले १ हजारको रिचार्ज गरेमा ९८०.४ मेन ब्यालेन्स सहित निशूल्क रुपमा थप ६ जीबी डाटा, २ सय मिनेट भ्वाइस तथा २ सय एसएमएस, ५ सयको रिचार्ज गरेमा ४९०.२० मेन ब्यालेन्स सहित निशूल्क रुपमा थप ३ जीबी डाटा, १०० मिनेट भ्वाइस तथा १०० एसएमएस, २ सयको रिचार्जमा १९६.०८ मेन ब्यालेन्स सहित निशूल्क रुपमा थप ८ सय एमबी डाटा, २० मिनेट भ्वाइस तथा २० एसएमएस र १ सयको रिचार्जमा ९६.०४ मेन ब्यालेन्स सहित निशूल्क रुपमा थप ४ सय एमबी डाटा, १० मिनेट भ्वाइस तथा १० एसएमएस प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।

त्यस्तै, याे अफर १ हजार र ५ सय रूपैयाँकाे रिचार्जको लागि ३० दिनसम्म, २ सय रुपैयाँको रिचार्जको लागि १५ दिनसम्म र १ सय रुपैयाँको रिचार्जको लागि ७ दिनसम्म मान्य हुने पनि कम्पनीले जानकारी दिएकाे छ ।

यसका साथै, स्मार्ट प्रयोगकर्ताले मोबाइल वालेट ईसेवा र खल्तीबाट स्मार्टको रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नेछन् ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको