अर्थ संसार, काठमाडौं – साताकाे अन्तिम दिन आज (बिहीबार) शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । बिहीबार शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ०.१५ अंकले घटेर एक हजार ५१०.४२ मा पुगेकाे छ । नेप्से ०.०१ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ३०४.७३ मा पुगेको छ ।
कूल १८६ वटा कम्पनीकाे ९३ लाख २ हजार ९ सय ७० कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २ सय ३१ रुपैयाँको कारोबार भएकाे छ । 
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर बढेकाे छ ।
   हेराैं आजकाे शेयर तालिका :






कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस