Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

निशा हुमाँगाई

शुक्रबार, १९ भदौ २०७७, १० : २१ मा प्रकाशित

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

अर्थ संसार, काठमाडौं – आज (शुक्रबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  

कुलेश्वर वितरण केन्द्र अन्तर्गत ताहाचल फिडरबाट वितरीत लाइनकाे आपुर्ती बन्द हुने भएकाे हाे । प्राविधिक मर्मत सम्भारको कार्य गर्नका लागि यस फिडर अन्तर्गतका कालिमाटी, ताहाचल, टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

त्यसैगरी, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । यसले गर्दा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमायाचना मागेको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको