Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, १९ भदौ २०७७, १३ : २१ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ३ वटा कम्पनीकाे शेयर सूचीकृत भएको छ । स्टकका अनुसार एउटा कम्पनीकाे मर्जर हुँदा कायम हुन आएकाे शेयर, एउटा कम्पनीकाे हकप्रद शेयर र विकास ऋणपत्र सुचिकृत भएको हो ।

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।

यसैगरी, एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडकाे एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान माइक्राेफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे ३९ लाख २८ हजार ८७ दशमलव ७५ कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

त्यसैगरी, नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे २०८२ 'घ' काे ३५ अर्ब रूपैयाँ, २०८० 'घ' काे ३५ अर्ब रूपैयाँ र २०८१ 'घ' काे ३० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र पनि नेप्सेमा यसै साता सुचिकृत भएको हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको