Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

निशा हुमाँगाई

शुक्रबार, १९ भदौ २०७७, १४ : १९ मा प्रकाशित

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंक लिमिटेडले डेढ अर्ब  रूपैयाँ बराबरकाे रकम २९१ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे रकम बैंकबाट इजाजतप्राप्त विभिन्न वर्गका बैंकहरूमा लगानी गर्न लागेकाे हाे । एक अर्ब २० करोड रूपैयाँ वाणिज्य बैंकमा, २२ करोड ५० लाख रुपैयाँ विकास बैंकमा र ७ कराेड ५० लाख रुपैयाँ वित्त कम्पनीमा लगानी गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ । 

त्यसैगरी, बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई  आफुले दिन सक्ने ब्याजदर तोकेर भाद्र २३ गते मंगलबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको