Like us!
Follow us!
Connect us!
Watch us!

अब निजी ल्याबमा गरिएको परीक्षणमा कोरोना बिमाको भुक्तानी नपाइने

निशा हुमाँगाई

शुक्रबार, १९ भदौ २०७७, १४ : ५८ मा प्रकाशित

अब निजी ल्याबमा गरिएको परीक्षणमा कोरोना बिमाको भुक्तानी नपाइने

अर्थ संसार, काठमाडौं – बीमा समितिले बीमा कम्पनीहरुलाई निजी ल्याबमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा दाबी भुक्तानी नगर्न निर्देशन दिएको छ ।

समितिले केही निजी ल्याबहरुले बदमासी गरेर नेगेटिभ देखिएका बिरामीहरुलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको बताउँदै निजी ल्याबबाट कोरोना परीक्षण गरिएको पीसीआर रिपोर्टलाई आधार मानेर दाबी भुक्तानी नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हाे ।

समितिकाे याे निर्देशनसँगै  अब बीमा कम्पनीहरुले कोरोना बिमाको भुक्तानी दिँदा स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै भुक्तानी गर्नुपर्नेछ ।

त्यसैगरी, कोरोना बीमा मापदण्ड २०७७ मा स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र नै दाबी भुक्तानी गर्नुपर्ने पनि उक्त सूचनामा उल्लेख गरिएकाे छ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको