अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले १४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत ९१ दिन र ३६४ दिनको लागि उक्त रकम बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागिएकाे जनाएकाे छ ।
बैंकले ९१ दिनकाे अवधिका लागि १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल मंसिर २३ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनको अवधिका लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७८ साल भाद्र २२ गते परिपक्क हुनेछ ।
भाद्र २२ गते, साेमबार ३ बजे बोलकबाेल भएर भाद्र २३ गते, मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस