Like us!
Follow us!
Connect us!
Watch us!

विश्व बैंकद्वारा १ अर्ब २७ करोड अनुदान

निशा हुमाँगाई

शनिबार, २० भदौ २०७७, ०७ : ४२ मा प्रकाशित

विश्व बैंकद्वारा १ अर्ब २७ करोड अनुदान

अर्थ संसार, काठमाडौं – नेपाल सरकार र विश्व बैंकका बिचमा विद्यालय क्षेत्र विकास कार्यकमका लागि एक करोड पचासी लाख अमेरीकी डलर (करिब एक अर्ब सत्ताइस करोड नेपाली रूपैंया) बराबरको अनुदानमा हस्ताक्षर भएकाे छ । जसले कोभिड-१९ संकटका बिच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाईमा निरन्तरता दिन सहयोग गर्नेछ । 

नेपाल सरकारको ‘विद्यालय क्षेत्र विकास कार्यकम’ एक क्षेत्रव्यापी कार्यक्रम हो ।जसलाई विश्व बैंक समुह अन्तर्गतको International Development Association (IDA) को १८५ मिलियन अमेरीकी डलर कर्जा  सहायता सहित एशियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोबल पार्टनरशिप फर एजुकेशन (GPE), जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, युएसएआईडी, युनिसेफ र विश्व बैंक द्वारा प्रशासित REACH मल्टि-डोनर ट्रस्ट कोष लगायतका निकायले सहयोग पुर्याइरहेका छन् । 

जीपीई कोभिड १९ द्रुत कोष’ अन्तर्गत प्राप्त भएको यस थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड १९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पुर्याउनेछ ।

यस अनुदान सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव कृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका थिए।

त्यसैगरी, यस अतिरिक्त अनुदानले दुर शिक्षाका कार्यक्रमहरूलाई सघाउने गतिविधिहरूका लागी अर्थ उपलब्ध गराउनेछ जस अन्तर्गत टेलिभिजन, रेडियो, सिकाई पोर्टल का साथै इन्टरनेट र अन्य संचार माध्यममा पहुँच नहुने बालबालिकाका लागि मुद्रण गरिने सिकाईका सामाग्रीहरू पर्नेछन् । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको