Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स लाइफको आइपिओ शेयरधनीको डिम्याट खातामा

निशा हुमाँगाई

शनिबार, २० भदौ २०७७, १० : ३३ मा प्रकाशित

रिलायन्स लाइफको आइपिओ शेयरधनीको डिम्याट खातामा

अर्थ संसार, काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले हिजाे (शुक्रबार) बाट उक्त शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गराउन थालेकाे हाे ।

कम्पनीकाे आइपिओलाई आरएलआइ (RLI) संकेत प्रदान गरिएको छ । हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन्  ।

गत शुक्रबार बाँडफाँड गरिएकाे उक्त आइपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट आवेदन परेकामा १ हजार ९ सय ५५ वटा आवेदनहरु रद्द भएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ६७ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने २० हजार ५ सय ९ जना आवेदककाे हात खाली भएको थियाे । 

कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

त्यसैगरी, कम्पनीले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे छ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको