Like us!
Follow us!
Connect us!
Watch us!

रूरू जलविद्युतको आइपीओलाई कति रेटिङ ?

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, ०६ : ३१ मा प्रकाशित

रूरू जलविद्युतको आइपीओलाई कति रेटिङ ?

अर्थ संसार, काठमाडौं – रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयर (आइपीओ) लाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ । ग्रेड– ३ रेटिङले कम्पनीकाे अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे । 

त्यसैगरी, कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको