Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, १२ : ४७ मा प्रकाशित

सिद्धार्थ बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

अर्थ संसार, काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी एलए’  रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीकाे अधारभुत पक्ष न्यून जोखिम रहेकाे देखाउँछ ।

बैंकले ७ वर्ष अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ‘८.५ प्रतिशत, ७ वर्ष एसबिएल डिबेन्चर २०८४’ निष्कासन गर्नका लागि श्रावण १८ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । ८.५ प्रतिशत व्याजदर रहेकाे ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटल लिमिटेडले गर्नेछ ।

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको