Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर परिवर्तन, कसरी हेर्ने नयाँ ?

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, १३ : १९ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर परिवर्तन, कसरी हेर्ने नयाँ ?

अर्थ संसार, काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकहरुको खाता नम्बर परिवर्तन गरेको गरेको छ । बैंकले यसअघि रहेको १२ अंकको खाता नम्बर परिवर्तन गरी १६ अंकको बनाएको हो ।

बैंकले एसएमएस सेवा लिएका ग्राहकहरूलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकारी दिइएकाे बताउँदै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाबाट पनि नयाँ खाता नम्बर थाहा पाउने सकिने जानकारी दिएकाे छ ।

त्यसैगरी, नयाँ खाताको कारोबारहरु ग्राहकहरूले हाल भइरहेको चेक तथा एटिएम  कार्डबाट नै गर्न सक्नेछन् । 

यसका साथै, मोबाइल बैंकिङ्ग, SMS बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, connectIPS लगायत सेवाहरु उपयोगका लागि प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिएको पनि बैंकले यसै सूचना मार्फत जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको