Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनी (API) : लगानीकर्ताका लागि लगानीको आकर्षक कम्पनी

अर्थ संसार

सोमबार, २२ भदौ २०७७, १० : ५२ मा प्रकाशित

अपि पावर कम्पनी  (API) : लगानीकर्ताका लागि लगानीको आकर्षक कम्पनी

नेपालको शेयर बजारका खेलाडी तथा शेयरमा लगानी गर्ने लगानकर्ताहरु अहिले जलविद्युत आयोजनाहरुको शेयरमा लगानी गर्न उत्साहित बनेको देखिन्छ । नेपाल सरकारले जलविद्युत विकासलाई राष्ट्रिय प्राथमिकतामा राखेको छ । जलविद्युत आयोजना निर्माणका लागी पुनरकर्जा प्रदान गरेको छ । जलविद्युतको कर्जामा लागेको बैंक ऋणको व्याजदरमा कमी आईरहेको छ । यी नै कारणहरुले गर्दा अबका दिनहरुमा जलविद्युत आयोजनाको शेयरको मूल्यमा बढोत्तरी हुने आशा गर्न सकिन्छ ।

सबै जलविद्युत कम्पनीका शेयरहरु लगानीयोग्य नहुन पनि सक्तछन् । धितोपत्र बजारमा सूचिकरण भएका ३३ वटा जलविद्युत कम्पनीहरुमध्ये केहि कम्पनीहरुले आफूलाई रुग्ण घोषणा गरेर सरकारसँँग माफि मिन्हा माग गरिरहेको भएको कुरा शेयर लगानीकर्ताहरुलाई जानकारी नै छ । यसतर्फ होसियारी पुर्याउनु पर्दछ । अर्कोतर्फ प्रचार प्रसारको कमीको कारणले तथा गलत प्रचारका कारणले राम्रा र आकर्षक जलविद्युत आयोजनाका शेयरका लगानीकर्ताहरुले लगानीकर्ता नपाईरहेको अवस्था छ । अहिले अंकित मूल्य भन्दा पनि कममा बिक्री भईरहेको जलविद्युत कम्पनीको शेयरमा लगानीकर्ताहरुका लागी एक आकर्षणको केन्द्र विन्दु हो र बन्नु पर्दछ ।

अपि पावरमा लगानीले दिर्घकालिन फाइदा , हकप्रद भर्न नछुटाउनुहोस | Sanjeev Neupane | API POWER

नबिराईन प्रत्येक वर्ष लाभांश वितरण गरिरहेको अपि पावर कम्पनी अहिले लगानीकर्ताहरुको लागि आकर्षणको केन्द्र हुनु पर्ने हो तर त्यस्तो भएको देखिदैन । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने कुरा घोषणा गसिसकेको छ । तर कोभिड भाईरसका कारणले कम्पनीले आफनो नियमित बार्षिक साधारणसभा सम्पन्न गर्न नसकेको कारणले लाभांश वितरण हुन सकेको छैन । 

आफ्ना शेयरधनीहरुको लागी १ः२ को अनुपातमा दुई वर्षभित्र शेयर निष्काशन गरि सक्ने अनुमति पाएको यो कम्पनीले दार्चुला जिल्लामा (नौगडगाड जलविद्युत आयोजना ८.५ मेगावाट तथा र अपर नौगडगाड जलविद्युत आयोजना ८.० मेगावाट) जम्मा १६.५ मेगावाट क्षमताका दुईवटा जलविद्युत आयोजनाहरु निर्माण गरी संचालन गरिरहेको छ । 

अपि पावर कम्पनीले कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माणको काम सुरु गरेको छ । यसको आयोजनामा लगानी गर्नका लागी कम्पनीले आफ्ना विद्यमान शेयरधनीहरुबाट पहिलो चरणमा १ः०.४७ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ । 

यो ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागी श्री हिमालयन बैंकको अगुवाईमा बैंक ऋण लगानी गर्ने सम्झौता भएको छ । यसर्थ अबको तीन वर्ष भित्र यो आयोजनाको समेत निर्माण सम्पन्न भएपछि यो कम्पनीको मातहतमा जम्मा ५६.५ मेगावाटका जलविद्युत आयोजनाहरु संचालनमा हुनेछन । यस कम्पनीले निरन्तर उच्च दरले नाफा दिने देखिन्छ । तसर्थ लगानीकर्ताहरुको लागी यो एक अवसर हो ।

जलविद्युत आयोजनाहरुको लगानीले लाभ दिन केहि बढी समय लाग्दछ । अहिले लगानी गरेर तत्कालै नाफा अर्जन गर्ने भन्दा पनि केहि समय प्रतिक्षा गर्न सक्ने र स्थिर आय लिन चाहने लगानीकर्ताहरुले अहिले अपि पावर कम्पनीको शेयर खरीद गर्दा लगानीकर्ताले भोलीका दिनमा राम्रो प्रतिफल पाउनेछन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको