Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चय कोष स्थापनाको ५९ औं वर्षमा, काेषमा योगदानकर्ता करिव ६.२८ लाख

अर्थ संसार

बुधबार, ३१ भदौ २०७७, १५ : ४० मा प्रकाशित

कर्मचारी सञ्चय कोष स्थापनाको ५९ औं वर्षमा, काेषमा योगदानकर्ता करिव ६.२८ लाख

अर्थ संसार, काठमाडौं–  कर्मचारी सञ्चय कोष स्थापनाको ५९ औं वर्ष प्रवेश गरेकाे छ । यस अबसरमा सञ्चय काेषले संचयकर्ताहरूलाइ विभिन्न सुविधाहरू उपलब्ध गराइरहेकाे छ । संस्थाले कोष र निवत्तभरण कोषमा वार्षिक ब्याजदर ७ प्रतिशत प्रदान गर्दै आएको  छ ।

यस्ते संस्थाले सापटी सुविधाहरुमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र कर्जा र घर मर्मत सापटी उपलब्ध गराउँदै आएको  छ । काेषले सञ्चयकर्ता स्वास्थ्योपचार योजनासमेत ल्याएकाे छ । सञ्चयकर्तालाई साधारण रोग लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा १ लाखसम्म उपलब्ध गराउँछ ।

घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम १० लाखसम्म रकम सोधभर्ना प्रदान गर्छ । यस्तै महिालालाइ सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अन्तरगत प्रति प्रसुति ७,५००, दूर्घटना क्षतिपूर्ति योजनामा ब्यक्ति वा निजको हकवालालाई २ लाख, काजक्रिया अनुदानमा हकवालालाई आर्थिक अनुदान स्वरुप ४० हजार प्रदान गर्ने छ । काेषले योगदानमूलक निवृत्तभरण योजना अन्तरगत २०७६ श्रावण १ गतेपछि स्थाई नियुक्ति हुने नेपाल सरकारका कर्मचारी, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सार्वजनिक निकायका कर्मचारीलाइ याेजनामा भाग लिन पाउने अबसर दिएकाे छ ।

काेषमा योगदानकर्ता करिव ६.२८ लाख छन् । याेगदानकर्ता कार्यालय करिव २५ हजार छन् । त्यस्तै निवृत्तिभरण काेषमा करिव १४.४ हजार याेगदानकर्ता छन् । काेषमा सञ्चय कोष रु ३५१०.६० अर्ब, निवत्तभरण कोष रु ०.४७ अर्ब, जगेडा कोष तथा बचत रु ३०.७५ अर्ब, दायित्वहरु रु ५.३३ अर्ब कूल स्रोत रु ३५७.१४५ अर्ब कूल लगानी रु ३५२.५४ अर्ब छ । कोषले केही भावी योजना र प्रतिवद्धता अघि सारेकाे छ ।

जसमा एकिकृत अवकाश कोषको माध्यमबाट कोषलाई सार्वजनिक क्षेत्रको उत्कृष्ट सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा विकास गर्ने, सञ्चयकर्ताको हित र फाइदालाई प्रतिफलमुखी बनाउन वित्तीय स्रोको सुरक्षित, प्रकावकारी, प्रतिफलयुक्त र दक्षतापूर्वक परिचालन गर्न उपयुक्त लगानीका क्षेत्र पहिचान गरी लगानी विविधीकरण गर्दै लैजाने, सञ्चयकर्ता सेवा प्रवाहलाई उक्त गुणस्तरीय, प्रभावकारी र प्रविधिमैत्री बनाई सेवग्राहिको सन्तुष्टि अभिवृद्धि गर्न प्रविधिमैत्री सेवा प्रवाहको वातावरण तयार गर्ने र ४.सूचना प्रविधिको अधिकतम उपयोग, असल कार्यसंकृतिको विकास, कार्यसम्पादन सुधार एवं अन्य निकायसँगको सहकार्यको माध्यमबाट कोषको संस्थागत क्षमता अभिवृद्धि गर्ने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको