Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारलाई जुवाघर भन्न मिल्दैन, यसको प्रकृति त्यस्तो हुँदैन - अध्यक्ष केसी

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १६ : ५० मा प्रकाशित

सेयर बजारलाई जुवाघर भन्न मिल्दैन, यसको प्रकृति त्यस्तो हुँदैन - अध्यक्ष केसी

नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरि बहादुर केसीले सेयर बजारलाई जुवाघर भन्न नमिल्ने बताएका छन् ।अर्थसंसारसँग कुरा गर्दै अध्यक्ष केसीले पुँजी बजारलाई जुवा घर भन्न नमिल्ने बताएका हुन् । 

सेयर बजारमा गरिएको लगानी जुवाजस्तो पुरै गुम्ने नहुने भएकाले बजारलाई जुवाघर भन्न नहुने उनको भनाइ छ । ‘जुवामा हार्दा सबै जान्छ । जित्दा दोब्बर आउँछ । तर सेयर बजारमा गरेको लगानी सबै शुन्य हुँदैन,’ उनले भने । यो हिसाबले सेयर बजारको लगानीलाई जुवासँग तुलना गर्न नमिल्ने केसीको भनाइ छ । 

सेयर बजारमा गरेको लगानीले शिधै उत्पादन नदिएको भए पनि अपत्यक्ष रुपमा प्रतिफल दिने उनको भनाइ छ । कुनै उद्योगको सेयर खरिद गर्दा त्यो उद्योगले लगानी गर्ने र त्यो उत्पादनसँग जोडिने उनले बताए । बजारमा विस्तारका लागि नियामकीय निकायले धेरै काम गर्नु पर्ने पनि उनको भनाइ थियो । 

सेयर शिक्षाको निकै खाँचो रहेको भन्दै यसका लागि नेपाल धितोपत्र बोर्डले पहल गर्नु पर्ने बताए । बोर्डले सुरु गरेपछि सेयर बजारका लगानीकर्ता संघ संस्थाहरुले पनि त्यसलाई अघि बढाउने र पुँजी बजारका विषयमा धेरैलाई ज्ञान हुने उनले बताए ।धितोपत्र बोर्डले अनावश्यक हल्ला फैलाउनेहरुलाई कानुनी दायरामा ल्याउन सक्नु पर्ने उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको