Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीलाई व्याजको सिमा तोकियो

अर्थ संसार

मंगलबार, ०६ असोज २०७७, ०७ : ३१ मा प्रकाशित

सहकारीलाई व्याजको सिमा तोकियो

अर्थ संसार, काठमाडौं -अबदेखि सहकारी संस्थाहरूले ऋण लगानीमा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठकको निर्णयअनुसार १५ कात्तिकदेखि लागू हुने गरी ब्याजदर तोकिएको हो । 

सहकारी ऐन, सहकारी नियमावलीमा तोकिएका आधार र सामान्य भारसमेतका आधारमा सन्दर्भ ब्याजदर तोकिएको विभागले जनाएको छ । ऋण र बचतको ब्यादजर अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको विभागका रजिस्ट्रार डा। टोकराज पाण्डेले बताए ।

विभागले अघिल्लो वर्ष १९ साउनदेखि लागू हुने गरी सहकारीहरूले ऋण लगानीमा अधिकतम ब्याजदर १६ प्रतिशत कायम गरेको थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णयबमोजिम ब्याजदर पुनरावलोकन गरिएको हो । 

सहकारी नियमावली २०७५ मा भएको व्यवस्थाअनुसार सन्दर्भ ब्याजदर निर्धारण गरिएको विभागले जनाएको छ । बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था र संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदनहरू, राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरूबाट प्राप्त सुझाबलाई आधार मानी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था छ ।  

त्यस्तै, सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी हुनुपर्ने व्यवस्था छ । सहकारी ऐनबमोजिम सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत संघहरूबाट प्रतिनिधि र सहभागी विभागका उपरजिस्ट्रार सदस्यसचिव रहने व्यवस्था छ । समितिको बैठक ६ साउन २०७७ मा बसेको थियो । त्यसपछिका थप चार बैठक तथा प्राविधिक उपसमितिको दुईवटा बैठकपछि ब्याजदर निर्धारण भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको