Like us!
Follow us!
Connect us!
Watch us!

केही दिनयताको वर्षाले व्यापक क्षति

अर्थ संसार

शुक्रबार, ०९ असोज २०७७, १३ : ०७ मा प्रकाशित

केही दिनयताको वर्षाले व्यापक क्षति

अर्थ संसार, काठमाडौं  - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयता परेको अविरल वर्षाका कारण बारा, पर्सा तथा रौतहटमा व्यापकरूपमा घर, धान तथा तरकारी बालीलाई क्षति पु-याएको छ ।

अविरल वर्षाले बारामा आठ घर भत्किएको छ भने हजारौँ हेक्टरमा लगाइएको धान तथा तरकारी बाली नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले वर्षाले कुल्हबी नगरपालिका–७ महुआसपुरका देवराज मुखियाको कच्ची घर भत्किएको बताउनुभयो ।

यसैगरी बाराको पचरौता नगरपालिका–१ पिपरपातीका बुनिलाल पसवानको, सोही ठाउँका सुरेन्द्र पासवानको, सिम्रौनगढ नगरपालिका–८ कचोर्वाका छविलाल यादवको र गढीमाई नगरपालिका–४ मलाहीका राअसिस साह कानुको घर भत्किएको छ । महागढीमाई नगरपालिका–२ रामनाथ कुशवाहाको घर भत्किएको छ । घरबारविहीन भई ओत लाग्ने ठाउँ नभएकाले छिमेकीको घरमा बास बस्न बाध्य भएको उहाँले राससलाई बताउनुभयो । 

पर्साको ठोरी गाउँपालिका–१ बस्ने रामाकुमारी कुवँरको पक्की घर वर्षाले भत्काउँदा रु आठ लाख बराबरको क्षति भएको छ । कुवँरले घर भत्किँदा घरका सबै सामान क्षति भएको, बस्ने ठाउँ नहुँदा छिमेकी सुभद्रा रिमालको घरमा शरण लिएको बताउनुभयो । वर्षाले व्यापक क्षति भए पनि मानवीय क्षति नभएको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी वर्षाले रौतहटको लालबकैया, वाग्मती, झाझर खोला र चाँदी खोलामा पानीको बहाव उच्च भएपछि बौधीमाई, परोहा, इशनाथ, राजपुर र कटहरीया नगरपालिकाका अधिकांश भूभाग जलमग्न भएपछि त्यहाँका धान तथा तरकारी बालीमा क्षति भएको स्थानीय प्रहरीले जनाएको छ । अविरल वर्षाले कच्ची सडक हिलाम्य भएपछि मानिसलाई आवतजावतमा समस्या परेको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको