Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको लिलामी शेयर आजबाट खुल्ला, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, ११ असोज २०७७, १० : ५७ मा प्रकाशित

मेगा बैंकको लिलामी शेयर आजबाट खुल्ला, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार  काठमाडौं – मेगा बैंक लिमिटेडले हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले आज (असाेज ११ गते, आइतबार) देखि हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
 
बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हाे । यसअघि बैंकले २०७४ साल भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेकाे थियाे । साेही अवधिमा आवेदन नपरेकाे शेयर बैंकले अहिले लिलामी मार्फत खुल्ला गरेकाे हाे ।

उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीहरुले आज (असोज ११ गते)देखि असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयरधनीहरुले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्

बैंकको निष्कासन तथा बिक्री प्रबन्धकको काम  मेगा क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको