Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसार डटकम नयाँ स्वरुपमा, आर्थिक समाचारको पूर्ण संग्रह बनाइने

अर्थ संसार

आइतबार, ११ असोज २०७७, १६ : ४३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– अर्थ संसार डटकम नयाँ स्वरुपमा पाठकसामु आएको छ । नयाँ वेवसाइटमा सेयर लगानीकर्ताहरुलाई आवश्यक सम्पूर्ण सूचनाहरु समेटिएका छन ।

सेयर लगानीकर्ताले आइपिओ निस्कासन, सेयर बाँडफाँड, कम्पनीले गर्ने घोषणाहरु, बोनस, साधारणसभा, शेयर लिलामका सूचनाहरु एकै ठाउँमा हेर्न सकिने छ । नयाँ वेवसाइटमा मल्टिमिडिया (अडियो, भिज्युअल) सामग्रीलाई प्राथमिकता दिइने छ ।

सेयर बजारमा लगानी गर्नेहरुको आवाजलाई अर्थ संसारले प्राथमिकता दिएर समेट्ने भएको छ । नयाँ वेवसाइलाई आर्थिक क्षेत्रका सूचना, समाचार र लेख रचनाको पूर्ण संग्रह बनाउने हाम्रो उद्देश्य हो, अर्थसंसार डटकमको प्रकाशन संस्था कुशुम मिडिया प्रा.लि.का अध्यक्ष मिलन खड्काले भने । 

प्रकाशन संस्थाले सधैंझैं पाठकहरुबाट निरंतर सहयोग पाउने अपेक्षा राखेको छ । यसलाई परिमार्जन गर्दै लैजान निरंतर सल्लाह, सुझाव, प्रतिकृया, सूचना र लेख रचना उपलब्ध गराउन ब्यवस्थापनले सम्पूर्ण पाठक, लेखक र शुभचिन्तकहरुसँग आग्रह गरेको छ ।

 

नयाँ साइट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् । 

www.arthasansar.com

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको