Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका!

अर्थ संसार

विहीबार, १० फागुन २०८०, ०८ : ३० मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन १० गते अन्तिम दिन रहेको छ । 

कम्पनीले लाभांश प्रयोजन रसाधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने तय गरेको थियो। जस अनुसार आज फागुन १० गतेसम्म कायमसेयरधनीहरु मात्रै यस कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन। 

कम्पनीले ३० औँ वार्षिक साधारणसभा फागुन ३० गते काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे डाकिएको छ। 

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। 

सभाले नै हालको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ =जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभालेअनुमोदन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको