Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल हाइड्रोपावरको नाफा १४.५१ प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १२ : ५२ मा प्रकाशित

नेसनल हाइड्रोपावरको नाफा १४.५१ प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ संसार, काठमाडौँ - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चाैथाे त्रैमाससम्ममा आइपुग्दा १ करोड ४ लाख ९६ हजार ३ सय ७५ रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकाे सिही अवधिमा ९१ लाख ६५ हजार ६ सय ८७ रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

सोमबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार विवरण अनुसार कम्पनीले चाैथाे त्रैमाससम्ममा १४.५१ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

त वर्षकाे तुलनामा कम्पनीले विद्युत् बिक्रीबाट ३ दशमलव ३९ प्रतिशत बढी आम्दानी गरेको छ ।

चाैथाे त्रैमाससम्ममा कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ३६ करोड ७ लाख ३५ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ६९ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको