Like us!
Follow us!
Connect us!
Watch us!

नोक्सानीमा नेशनल हाइड्रोपावर,प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, ११ : ५८ मा प्रकाशित

नोक्सानीमा नेशनल हाइड्रोपावर,प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक

नेशलन हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

खुद नाफा

कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २ करोड ४९ लाख रुपैयाँ ऋणात्म रहेको छ । अघिल्लो वर्ष ४ करोड ८३ लाख रुपैयाँ नाफा गरेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो ।

कुल नाफा

गत असारसम्म कम्पनीको कुल नाफा ७७ लाख ५६ हजार रुपैयाँ रहेको छ । जबकी अघिल्लो वर्ष कम्पनीको कुल नाफा २ करोड ३ लाख रुपैयाँ थियो ।

आम्दानी

कम्पनीले गत वर्ष ४ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४.११ प्रतिशत घटेको हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४ करोड ६८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।

सञ्चालन नाफा

कम्पनीको सञ्चालन नाफा ७० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

वित्तीय खर्च

अघिल्लो वर्ष ७२ लाख ३४ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ६२ लाख ७२ हजार रुपैयाँ गरेको छ ।

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी १.०१ रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ १००.४२ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी/जगेडा कोष

२ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष जगेडा कोष ९८ लाख ६८ हजार रुपैयाँ नोक्सानीमा छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको