Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, तोकियो बुक क्लोजको मिति

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १० : ४० मा प्रकाशित

नेशनल हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने, तोकियो बुक क्लोजको मिति

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रतिसेयर १०० रुपैयाँ दरको १ करोड ६४ लाख ४२ हजार ९१९ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । 

कम्पनीले १ः०.५ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर प्रयोजनार्थ असार १ गते बुकक्लोजको मिति तोकेको छ । तसर्थ जेठ ३२ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस्तो छ कम्पनीले जारी गरेका सूचना:

यस नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको मिति २०८०/०२/२४ गते बिहान ८ः०० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार, यस कम्पनिको प्रति शेयर रु. १००।- अंकित दरको १,६४,४२,९१९.४३५५ कित्ता साधारण शेयरको १०:५ (अर्थात विद्यमान १० कित्ता साधारण शेयर बराबर नयाँ ५ कित्ता साधारण शेयर) को अनुपातमा रु.८२,२१,४५,९७१.७८ बराबरको प्रति शेयर १००/- अंकित दरको ८२,२१,४५९.७१७८ कित्ता हकप्रद साधारण शेयर निष्काशन प्रयोजनको लागि यस कम्पनीको मिति २०८०/०३/०१ गते यस कम्पनीको शेयरको दर्ता किताब बन्द गर्ने र उक्त सूचना राष्ट्रिय दैनिक पत्रिकामा मिति २०८०।०२।२५ गते प्रकाशित गर्ने निर्णय भएको हुनाले सो को जानकारी गराउन चाहन्छौ। साथै उक्त सूचना प्रकाशित भए पश्चात प्रकाशित सूचना पुनः पठाउने जानकारी गराउन चाहन्छौ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको