अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरम्भ चौतारी लघुवित्त वितीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का राखिएको छ । कम्पनीले अन्य २ लघुवित्तसँग मर्जर सम्झौता गरेपछि नेप्सेमा कारोबार रोक्का भएको हो ।
शुक्रबार आरम्भ चौतारी लघुवित्त वितीय संस्था लिमिटेड, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शालिग्राम लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम सो लघुवित्तको शेयर कारोबार हिजो (असोज ११ गते आइतबार) बाट रोक्का गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस