Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ चौतारीको लोभलाग्दो वित्तीय प्रगति - नाफामा १६१ प्रतिशतको छलाङ,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, १३ माघ २०८१, १० : २४ मा प्रकाशित

आरम्भ चौतारीको लोभलाग्दो वित्तीय प्रगति - नाफामा १६१ प्रतिशतको छलाङ,प्रतिसेयर आम्दानी कति ?

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तले दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ ।

१६१ प्रतिशतले बढ्यो ​नाफा

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो ।

गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सञ्चालन नाफा

यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ । 

खुद ब्याज आम्दानी

यसको खुद ब्याज आम्दानी पनि २६.०२ प्रतिशतले बढेर १६ करोड १७ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले १२ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खराब कर्जा

पुस मसान्तसम्म आइपुग्दा आरम्भ चौतारीको खराब कर्जा पनि घटेको छ । गत वर्ष ४.६४ प्रतिशत रहेको यस लघुवित्तको खराब कर्जा अहिले घटेर २.९१ प्रतिशतमा झरेको छ । 

चुक्ता पूँजी/जगेडा कोष

चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ।

सञ्चित मुनाफा ऋणात्मक

सञ्चित मुनाफा १ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ।

निक्षेप संकलन/कर्जा लगानी

कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा (वार्षिकीकरण) रहेको छ, प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको