Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ३ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १४ : १२ मा प्रकाशित

राष्ट्र बैंकले ३ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिनको अवधिकाे लागि उक्त रकम बराबरकाे ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना जारी गर्दै उक्त ट्रेजरी बिल आज (असाेज १२ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (असाेज १३ गते, मंगलबार) बिक्री हुने जानकारी दिएको छ ।

बैंकले ९१ दिनकाे अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । सो अवधिको बिल आगामी २०७७ साल पुस १४ गते परिपक्व हुनेछ 

यस्तै, बैंकले १८२ दिनको अवधिका लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र १७ गते परिपक्क हुनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्: 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको