Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको शेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १० : ५४ मा प्रकाशित

एनआईसी एशिया बैंकको शेयर बिक्रीमा

अर्थ संसार, काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले २५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे ३५ दिनभित्र निवेदन दिन बैंकले आग्रह गरेको छ ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरु आवश्यक कागजपत्र संकलन गरेर ३५ दिन भित्र बैंककाे रजिष्टर्ड कार्यालय, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन सक्नेछन् ।

उल्लेखित समयभित्र कुनै पनि आवेदन नपरेमा प्रचलित नियमानुसार उक्त शेयर खरिद बिक्री सम्बन्धि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको