Like us!
Follow us!
Connect us!
Watch us!

सेयर ब्राेकर कमिसन घटाउन चाैतर्फि दवाव, कति छ अहिले कमिसन दर ?

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १२ : ०२ मा प्रकाशित

सेयर ब्राेकर कमिसन घटाउन चाैतर्फि दवाव, कति छ अहिले कमिसन दर ?

अर्थ संसार, काठमाडौं-लगानीकर्ता सम्बद्ध विभिन्न संस्थाले कार्तिक १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग विभिन्न माग गरेका छन् । लगानीकर्ताले शेयर खरिदबिक्री गर्दा लिएको ब्रोकर कमिसन ०.४ देखि ०६ प्रतिशत घटाई ०.२५ प्रतिशतदेखि बनाउन बोर्डसँग माग गरेका छन् ।

बोर्डले पनि ब्रोकर कमिसन घटाउने विषयमा अध्ययन भैरहेको बताएकाे छ । अहिले लगानीकर्ताले सेयर किन्ने बेच्नेकाम घरमै बसेर अनलाइबाटै गर्दै आएका  छन् ।

 यस्ताे बेला पुरानै दरमा दलालहरूलाइ अचाक्ली कमिसन तिर्नु परिरहेकाे छ । विभिन्न किसिमका धितोपत्रहरु किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाललाई कमिसन तिर्नुपर्छ । भिन्न भिन्न धितोपत्रका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले यस्तो कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको छ ।

लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर किनबेचमा कारोबार रकमको ०.६ प्रतिशत कमिसन तिर्नुपर्छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको किनबेचमा ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि १करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४० प्रतिशत कमिसन तिर्नुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको