Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो शेयर बजार, कारोबारमा अरुण कावेली अब्बल !

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १५ : ०८ मा प्रकाशित

घट्यो शेयर बजार, कारोबारमा अरुण कावेली  अब्बल !

अर्थ संसार, काठमाडौं- आज (मंगलबार) पनि शेयर बजारले ओरालो यात्रा तय गरेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ७.२१ अंकले घटेर एक हजार ५५३.६२ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.७९ अंकले घटेर ३०७.८२ मा पुगेको छ ।

कूल १९२ वटा कम्पनीकाे एक कराेड ७२ लाख ८० हजार ६ सय ६५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८२ करोड ३२ लाख ८३ हजार १ सय ७५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा अरुण कावेली पावर लिमिटेडले अग्रता कायम गरेको छ । कम्पनीको १७ कराेड ३९ लाख ५० हजार ५४ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

आजको शेयर तालिका हेर्नुहोस्

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको