Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता, ग्राहकलाई नगदरहित सेवा दिइने

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १३ : ०३ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता, ग्राहकलाई नगदरहित सेवा दिइने

अर्थ संसार, काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटल (HAMS)बीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सुविधा प्राप्त गर्न सकिने जनाइएको छ । 

साथै सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग IGI औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको