Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्काशन गर्न आइएमई जनरल इन्स्योरेन्सलाई बीमा समितीको स्वीकृती

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, ०८ : २७ मा प्रकाशित

हकप्रद निष्काशन गर्न आइएमई जनरल इन्स्योरेन्सलाई बीमा समितीको स्वीकृती

बीमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको छ । 

कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित भएको थियो । साधारणसभाबाट प्रस्ताव पारित गरिसकेकोले स्वीकृति प्रदान गरिएको समितिले जनाएको छ ।

बिमा समितीबाट हकप्रद निष्काशनको अनुमति पाएपछि अब कम्पनीले अन्तिम स्विकृतिका लागि धितोपत्र बोर्डमा निवेदन दिने छ । धितोपत्रबोर्ड बाट हकप्रद निष्काशनको अनुमति पाएपछि यो कम्पनीको १०० कित्ता सेयर हुने लगानीकर्ताहरुले ४० कित्ता हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् । 

हकप्रद सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर मूल्य १४१६ रुपैयाँ रहेको छ । हकप्रद सेययर निष्काशनको समाचार बाहिरियसंगै कम्पनीको सेयर मूल्य दोस्रो बजारमा निरन्तर बढिरहेको छ ।

धेरै कम्पनी अझै अन्डर भ्यालुड,वास्तविक बुल आउन अझै बाँकी| Durga Prasad Kafle लगानीकर्ता कि कारोबारी?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको