Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार २०.६४ अंकले बढ्यो, लाभांश घोषणासँगै बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार !

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १५ : ०६ मा प्रकाशित

शेयर बजार २०.६४ अंकले बढ्यो, लाभांश घोषणासँगै बैंक अफ काठमाण्डूको सर्वाधिक कारोबार !

अर्थ संसार, काठमाडौं- निरन्तर ओरालो लागेको शेयर बजार साताको अन्तिम दिन बिहिबार (आज) दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक २०.६४ अंकले बढेर एक हजार ५७१.०७ मा पुगेकाे छ । 
नेप्से १.३३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.९८ अंकले बढेर ३१०.१५ मा पुगेको छ ।

कूल १९२ वटा कम्पनीकाे ९६ लाख ९४ हजार ५३ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ७३ करोड ४२ लाख ४ हजार १ सय ३९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, बिहिबार काराेबार रकमकाे आधारमा बैंक अफ काठमाण्डू लिमिटेडले अग्रता कायम गरेको छ । कम्पनीको १४ कराेड ४६ लाख ५० हजार ८ सय ५८ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

आजको शेयर तालिका हेर्नुहोस्:-

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु 

नाफा बढ्ने कम्पनीहरु 

नाफा घट्ने कम्पनीहरु 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको