Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको आकर्षक मार्जिन लेन्डिंग कर्जा योजना

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १७ : ०१ मा प्रकाशित

कुमारी बैंकको आकर्षक मार्जिन लेन्डिंग कर्जा योजना


अर्थ संसार, काठमाडौं– कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदकालागि सस्तो व्याजदरमा कुमारी मार्जिन लेन्डिंग योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत शेयर किन्नु अघि कुनै धितो आवश्यकनपर्ने, कर्जा लिई किनिएको शेयर खरिद पश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ। साथै, यस कर्जा मार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकर मार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ । उक्तकर्जा योजना हालसम्मकै निकै आकर्षक तथाउपयोगी रहेको बैंकले जनाएको छ । हालबजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ ।

शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्तकर्जा सुविधा ल्याईएको बैंकले जनाएको छ । साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमीतभएको लगानी योग्य क्षेत्रर सोही परिस्थितिमा आकर्षक बनेको शेयर बजारलाई मध्यनजर गर्दै, उक्तकर्जायोजनाल्याईएकोे हो।

७० वर्षसम्मउमेर पुगेकाले उक्तकर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतमप्रोसेसिङ्गफीएवं ७२ घण्टामै कर्जा प्रवाहहुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंककापधादिकारीले जनाएका छन्।  

विगत २० वर्षदेखि निरन्तर सेवादिईरहेकोद कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटिएम, २२ शाखारहित बैंकिंग इकाईहरू मार्फत आगामी दिनहरुमापनि अत्याधुनिक एवं प्रभावकारी बैंकिंग सेवासुविधाहरु दिदै जाने प्रतिवद्धता जनाएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको