Like us!
Follow us!
Connect us!
Watch us!

गुपचपमै गएको विश्व पर्यटन दिवस

निनाम कुलुङ ‘मंगले

शनिबार, १७ असोज २०७७, १० : ०० मा प्रकाशित

गुपचपमै गएको विश्व पर्यटन दिवस

विसं २००७ सालअघि जहाँनियाँ १०४ वर्षे राणा शासनकाल लागू भएको थियो । त्यसैले ऊ वेलाको भाषामा भन्नु पर्दा ‘नेपालमा श्री ३ महाराजहरुको शासन–सत्ता रहेसम्म राणा शासकहरुले विदेशीहरुलाई नेपालमा भ्रमण गर्न लगभग प्रतिवन्ध जस्तै लगाएका थिए ।’ अर्थात् त्यो वेला जो पायो त्यही विदेशीले नेपालको भ्रमण गर्न पाउँदैन थियो, केही देशका कूटनीतिज्ञहरुले बाहेक । तर, राणा शासकहरुले आपूmले रिझाउनुपर्ने देशका राजा, महाराजाहरु र कूटनीतिज्ञहरुलाई भने सिकार खेल्न र मनोरञ्अन गर्न आपैmले निम्ता गरेर पनि विदेशी शासक तथा प्रभावशाली व्यक्तिहरुलाई बोलाउँथे ।

त्यस्तै ठूलै मिसनसहित नेपाल आउने विदेशी कूटनीतिज्ञहरुले पनि आप्mनो देशको सरकारको विशेष सिफारिसमा मात्रै राणा शासकहरुबाट नेपाल आउने अनुमति पाउँथे भन्ने भनाइ छ । यसरी हेर्दा विसं २००७ सालमा आएको राजनैतिक परिवर्तनपछि विस्तारै विदेशीहरुका लागि नेपाल भ्रमण गर्न खुल्ला गरियो । त्यो बेला विदेशीलाई नेपालभ्रमण गर्न  खुल्ला गरिएको वा अनुमति दिन थालिएको भए तापनि विदेशीहरुका लागि नेपालमा अस्थाई रुपमा खान र बस्नका लागि होटल, लज आदिको व्यवस्था थिएन । विस्तारै यस्तो व्यवस्था काठमाण्डौ उपत्यका सुरु भयो । तर उपत्यका बाहिरका लागि केही व्यवस्था थिएन । त्यस्तै काठमाण्डौ उपत्यका सहरबाहिर जानका लागि हवाई तथा सडक यातायात लगायत पूर्वाधार विकासमा पनि नेपाल धेरै पछि नै थियो । त्यसैले विसं २००७ देखि विसं २०१५÷०१६ साल (सन् १०५९/६०) बीचको संक्रमणकालीन अवस्थासम्म पनि नेपालमा अपेक्षित रुपमा विदेशीहरु पर्यटकको रुपमा भ्रमण गर्न खासै आएनन् ।

तत्कालीन राजा महेन्द्रले विसं २०१७ सालमा राजनैतिक कू गरेपछिको सुरुताका भने केही विदेशीहरु अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरवात गर्नतिर लागे । त्यसरी नेपालमा पर्यटन व्यवसायमा लाग्नेहरुमा बेलायती, जर्मन, जापानीज, स्वीस, रुसी, फ्रान्सिसी आदि विदेशी नागरिकहरु थिए । यसरी हेर्दा नेपालको पर्यटन प्रवद्र्घन गर्नमा सुरुमा विदेशीहरुले योगदान गरेको देखिन्छ । नेपाल आएर बसेका विदेशीहरु जो थिए, उनीहरु सुरुमा शुद्घ पर्यटन व्यवसायीको रुपमा भन्दा पनि कुनै न कुनै उदेश्यले नेपाल आएर बसेका थिए । नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र पर्यटन बजारको विस्तार गर्नमा विदेशीहरुबाटै सुरु भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । निश्चय नै ३० वर्षे पञ्चायतकालमा पर्यटन व्यवसाय चकाचक थियो भन्ने होइन । ३० वर्षे पञ्चायतकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन । 

यसरी तथ्य–तथ्यांक नै हेर्ने हो भने, तत्कालीन श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ मा उल्लेख भएअनुसार नेपालमा विदेशीहरुलाई खुल्ला गरे यता सन् १९६२ सम्ममा ६ हजार १ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । भने सन् १९६२ देखि सन् १९६६ बीचको ४ वर्षमा १२ हजार ५ सय ६७ जना विदेशी पर्यटकहरुले नेपालको भ्रमण गरेका थिए । त्यस्तै १९६६ देखि १९७० सम्मको ४ वर्षे अवधिमा ४५ हजार ९ सय ७० जना, १९७० देखि १९७४ सम्मको ४ वर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को ४ वर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको ४ वर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको ४ वर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको ४ वर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरुले नेपालमा पर्यटकको रुपमा भ्रमण गरेको तथ्यांक देखन्छ ।

विसं २०४६ (सन् १९८९/९०) मा नेपालमा भएको दोस्रो राजनैतिक परिवर्तनपछि भने नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको संख्या वार्षिक लाखको दरले उकालो चढेको देखिन्छ । तर, यो क्रम धेरै लामो समयसम्म कायम रहन सकेन । हुन त सन् १९९८ पहिलोपटक नेपाल भ्रमण वर्ष मनाएको थियो, नेपालले । सो वर्ष ५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको दैनिक खर्च प्रति व्यक्ति प्रति दिन ४५ अमेरिकी डलर पुर्याउने, नेपाल आउने विदेशी पर्यटकको बसाई अवधि १२ दिन पुर्याउने लगायतका लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको भए तापनि पनि सो वर्ष घोषित कुनै पनि लक्ष्या पूरा भएन । सो वर्ष ४ लाख ६३ हजार ६ सय ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे ।

बरु सन् १९९९ मा भने ४ लाख ९१ हजार ५० सय ४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । तर, सो संख्या सन् २००० मा घटेर ४ लाख ६३ हजार ६ सय ४६ जनामा झर्यो । सन् २००१ मा नेपाल आउने विदेशी पर्यटक घट्ने क्रम बढेर ३ लाख ६१ ह्जार २ सय ३७ जनामा झर्यो । त्यस्तै सन् २००२ मा लगभग आधा घटेर २ लाख ७५ हजार ४ सय ६८ जनामा झर्यो । तथ्यांक स्रोतः श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २००२ मा निकालेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’   सन् १९८९/९० मा परिवर्तसँगै आएको प्रजातान्त्रिक सरकारले पनि नेपालको पर्यटनका लागि खासै गर्व गर्न लायक काम गरेन भन्न सकिन्छ । त्यो वेलाको सरकारले पर्यटन क्षेत्रमा देखिने गरी गरेको काम भनेको ‘पर्यटन बोर्ड’को गठन एक थियो  । 

समग्रमा हेर्दा २०६२/०६३ को तेस्रो जनआन्दोलनपछि भने नेपाल आउने विदेशी पर्यटकहरुको संख्या लगातार बढीरहेको छ । यो हाम्रो लागि सुखद समाचार नै हो । त्यसो भए तापनि ती पर्यटकहरुले नेपालमा आएर गर्ने दैनिक खर्च र, उनीहरुको नेपाल बसाई अवधि बढ्न नसक्नु भने दुःखद नै मान्नुपर्ने हुन्छ । त्यसैले हामीले नेपाल आउने पर्यटकहरुको टाउका (संख्या) मात्रै गन्ने कि, उनीहरुले गर्ने दैनिक खर्च र नेपाल बसाईमा पनि सुधार ल्याउनेतर्पm सोच्ने ? विषेश ध्यान दिनुपर्ने देखिन्छ । 

हुन त पछिल्लोपटक नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१५ को तुलनामा सन् २०१६, २०१७ र २०१८ मा लगातार बढी रहेको भए तापनि उनीहरुको समग्र नेपाल बसाई अवधि र उनीहरुले नेपाल बसेको समयमा गर्ने गरेको दैनिक खर्च भने माथि नै उल्लेख भए झैँ बढ्दो क्रममा होइन कि घट्दो क्रममा रहेको देखिन्छ । यो हामी नेपालीहरुका लागि साँच्चै चिन्ताको विषय हो । तापनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर, उनीहरुले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने सन् २०१७ को तुलनामा १८ प्रतिशतले घटेको थियो । स्मरणीय छ, सन् २०१७ मा औसतमा एकजना विदेशी पर्यटकले आफ्नो  नेपाल बसाइको क्रममा ५५ अमेरिकी डलर दैनिक खर्च गरेको देखिन्छ भने् सन् २०१८ मा एकजना विदेशी पर्यटकले औसतमा दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेको देखिन्छ । सुन्दा तितो लागे तापनि नेपाल ‘वेस्ट टुरिस्ट’ (जताभावी फोहर गर्ने, प्राकृतिक वातावरण बिगार्ने, संस्कार, संस्कृति नस्ट गर्ने) हरुका लागि स्वर्ग बन्दै जाने देखिन्छ । 

तर, अहिले त नेपालमा ‘वेस्ट टुरिस्ट’ (जताभावी फोहर गर्ने, वातावरण बिगार्ने, संस्कार, संस्कृति नस्ट गर्ने) हरुको सम्बन्धमा कुरो गर्नुभन्दा पनि जस्तो भए तापनि ‘खैरो वा भनौं गोरो अनुहहार भएको मान्छे देख्न पाए हुन्थ्यो ।’ भन्ने अवस्थामा छौं । फलतः हालै गएको ४१ औं (सेप्टेम्बर २७ मा) ‘विश्व पर्यटन दिवस’मा पनि हामीले अरु त अरु ठमेल जस्तो पर्यटकीय जक्सनमा पनि खैरो वा भनौं गोरो छाला भएको विदेशी पर्यटक देखेनौं । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको