Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू लिमिटेडको ग्रिन पिन सुबिधा

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, १७ : ३८ मा प्रकाशित

बैंक अफ काठमाण्डू लिमिटेडको ग्रिन पिन सुबिधा

अर्थ संसार, काकठमाडौं– बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहक महानुभावहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ ।

यस सुबिधाबाट बैंकको नयाँ ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नुहुनेछ । 

नयाँ कार्डबाहक ग्राहक महानुभावहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “Enter Your OTP” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नुहुनेछ ।

यस पश्चात कार्ड बाहक महानुभावहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक OTP प्राप्त गर्नुहुनेछ । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको OPT प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्नुहुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको