Like us!
Follow us!
Connect us!
Watch us!

१६ प्रतिशत लाभांश पारित गर्न बैंक अफ काठमाण्डूले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

विहीबार, २० कार्तिक २०७७, १४ : ०१ मा प्रकाशित

१६ प्रतिशत लाभांश पारित गर्न बैंक अफ काठमाण्डूले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारणसभा प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ ।

बैंकले कात्तिक २८ गतेदेखि मंसिर १५ गतेसम्म साधारणसभा प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले  कात्तिक २७ गतेसम्म कायम शेयरयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभा भाग लिन योग्य हुनेछन् । 

बैंकको सञ्चालक समितिको आज (कार्तिक २० गते बिहीबार) बसेको बैठकले बैंकको २६ औँ वार्षिक साधारणसभा माघ १५ गते आह्वान गरेको छ । उक्त सभा काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम मिटिङ) मार्फत हुनेछ। 

सभाले बैंकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ ।  जसमध्ये  १३ प्रतिशत  बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको