Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने व्यवस्था

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, १७ : ३७ मा प्रकाशित

एनआइसी एशिया बैंकमा अनलाइनमार्फत कर्जाको आवेदन दिन सकिने व्यवस्था

अर्थ संसार, काठमाडौँ - एनआइसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । 

कोभिड–१९ को महामारीका बीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै यस बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.comमार्फत उक्त अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको छ  ।

यस बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यवसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको हो । 

कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहक महानुभावहरूले मुक्ति पाउनुहुने बैंकले विश्वास लिएको छ ।

यसमार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सकिन्छ । ग्राहकहरूले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ भने कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकहरूले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ । 

यसपछि ग्राहकहरूलाई कर्जा लिनका लागि छनौट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधीले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।  

साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्थाबारेमा समेत यस बैंकले एसएमएसमार्फत जानकारी गराउँदै आएको छ र ग्राहकहरूले बैंकको वेबसाइटमा गई लोन स्टाटससमेत आफै ट्र्याक गर्न सकिन्छ ।

बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि लोन टाइप गरी ३४४८८ मा एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको फिडव्याक फममा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । 

बैंकले स्थापना गरेको ‘कर्जा सहायता केन्द्र’ मा ग्राहकहरूले पहिलोपटक सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई  कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।

यस बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजना (सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा) हरू ग्राहकहरूमाझ ल्याएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको