Like us!
Follow us!
Connect us!
Watch us!

बूढानीलकण्ठका मेयरलाई कोरोना

अर्थ संसार

शनिबार, १७ असोज २०७७, १९ : १६ मा प्रकाशित

बूढानीलकण्ठका मेयरलाई कोरोना

अर्थ संसार, काठमाडौं -बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा आज खरेलको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।
 
भट्टटराईका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएका खरेलले पनि परीक्षण गराउनुभएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ । नगरपालिकाका अनुसार उहाँमा लक्षणसमेत देखिएको छैन । मेयर खरेल अहिले होम आइसोलेसनमा बस्नुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको