Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री सचिवालयका ४ जनामा कोरोना पुष्टि, कांग्रेस नेता केसी पनि संक्रमित

अर्थ संसार

शनिबार, १७ असोज २०७७, १९ : ५० मा प्रकाशित

प्रधानमन्त्री सचिवालयका ४ जनामा कोरोना पुष्टि, कांग्रेस नेता केसी पनि संक्रमित

अर्थ संसार, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो।  

यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका ६७ कर्मचारीमा कोरोना पुष्टि भएको बालुवाटार स्रोतले जनाएको छ ।

यसैगरी नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । कांग्रेस पार्टी कार्यालय स्रोतका अनुसार केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायत ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको