Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स स्पिनिङ मिल्सको ७.७० लाख कित्ता सेयर कहिलेदेखि कारोबारयोग्य हुन्छ?

अर्थ संसार

मंगलबार, ३० असार २०८३, ०८ : ४४ मा प्रकाशित

रिलायन्स स्पिनिङ मिल्सको ७.७० लाख कित्ता सेयर कहिलेदेखि कारोबारयोग्य हुन्छ?

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको ७ लाख ७० हजार ६४० कित्ता सेयरको लकइन अवधि आगामी भदौ १ गते देखि समाप्त हुने भएको छ।

कम्पनीको शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडले मंगलबार सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। लकइन अवधि समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत आईपीओ निष्काशन गरेको थियो। सोही प्रक्रियाअनुसार योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको सेयरमा निश्चित अवधिसम्म बिक्री–वितरण गर्न नपाइने अर्थात् लकइन व्यवस्था लागू गरिएको थियो।

प्रचलित व्यवस्थाअनुसार बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिएको सेयरको लकइन अवधि कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको मितिले ६ महिनापछि समाप्त हुने व्यवस्था छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको