Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने होइन ? सिभिल लघुवित्त हकप्रद शेयर लिलामीमा आउँदै

अर्थ संसार

आइतबार, १८ असोज २०७७, ०६ : ३९ मा प्रकाशित

लगानी गर्ने होइन ? सिभिल लघुवित्त हकप्रद शेयर लिलामीमा आउँदै

अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । लघुवित्तले ८९ हजार ४५० कित्ता शेयर लिलाम बढाबढ गरि बिक्री गर्न गरेकाे हाे ।
लघुवित्तले संस्थापक समुहको ११ हजार ६०८ र सर्वसाधारण समुहको ७७ हजार ८४२ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

साउन २५ गतेदेखि भदौ २९ गतेसम्म बिक्री खुल्ला गरी माग आवेदन गरिएको आवेदन नपरेपछि लघुवित्तले प्रचलित नियममनुसार उक्त शेयरहरु लिलिम बढाबढ गरि बिक्री गर्न लागेको हो ।

सो शेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक, सर्वसाधारण, कानून बमोजिम योग्य संस्था वा कम्पनीले असोज २५ गतेदेखि कात्तिक २ गते बैंकिङ समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

शेयरको न्युनतम मूल्य प्रतिशेयर रू. १ सय तोकिएको छ । त्यसैले सो भन्न्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको