Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे एप १ मिलियन क्लबमा

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १४ : ५३ मा प्रकाशित

आइएमई पे एप १ मिलियन क्लबमा

अर्थ संसार, काठमाडौं - आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । यससहित एप डाउनलोड गरेर आफैँ वा एजेण्टको सहयोगमा आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएका छन् ।

डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस (1+) मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना आजैबाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुनेछ । 

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीति अनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । कम्पनी स्थापनाको छोटो समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए । 
आमसेग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण सेवाहरूलाई नै जाने ढकालले बताए ।
ने
पालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो । एप मार्फत प्राप्त गर्न सकिने सेवालाई विविधिकरण गर्दै सेवाग्राहीहरूको माग अनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर आगाडी बढिरहेको छ । पछिल्लो समयमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्स लगायतका थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पु¥याउन र एप मार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आइएमई पे’ ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ । 

कम्पनी ब्राण्ड, सन्तुष्ट सेवाग्राहीहरू, समयसमयमा ल्याइने सेवाग्राहीमुखी अफर र स्वदेश तथा विदेशमा विद्यमान व्यापक व्यवसायिक संजालको सुविधाले पनि ‘आइएमई पे’ ले डिजिटल वित्तीय सेवामा आफ्नो अब्बल उपस्थिती जनाउँदै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको