Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार देशभर थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा कति ?

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १६ : ३३ मा प्रकाशित

आइतबार देशभर थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा कति ?

अर्थ संसार, काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ जनासहित नेपालमा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ३० जना महिला र १ हजार ४ सय २३ जना पुरुष छन् । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ८६ हजार ८ सय २३ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १२ हजार ७ सय ८४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १ हजार ५ सय ९९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यस्तै बितेको २४ घण्टा १ हजार ३ सय २९ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ६४ हजार ६९ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या २२  हजार २१९ छन् । जसमध्ये होम आइशोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन् भने संस्थागत १० हजार ३ सय २६ जना छन् । यस्तै ४ हजार २ सय ३ जना छन् ।

पछिल्लो २४ घन्टाको विवरण हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको